काठमाडौं - नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ । 

आज सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुन सक्ने नेपाल टेलिकमका सह प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिनुभयो । 

सो अवधिमा प्याकेज खरिद गर्न र रिचार्ज गर्ने सेवा बन्द  हुने तर फोन सेवा भने सुचारु हुने उहाले बताउनुभयो । 

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने बताईएको छ ।