काठमाडौं - अघिल्लो दिन ६१.६१ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज २.१५ अंकले बढेर  २४८८.०९ विन्दुमा पुगेको छ। तीन पटक बजारले २५०० अंक नाघेपनि अन्तिममा २४८८.०८ विन्दुमा आएर अडिएको हो। नेप्से बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंकले घटेर ४४८.७९ विन्दुमा पुगेको छ।

आज ३०९ कम्पनीको ३ करोड ९७ लाख  ५४ हजार ७११ कित्ता सेयर १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० रुपैयाँमा खरिदबिक्री भयो । 

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। गणपति लघुवित्त वित्तीय संस्थाको सेयर भने ९.९४ प्रतिशतले घट्यो।

आज कारोबारमा आएका ७ समूहको उपसूचक बढ्दा बाँकी ६ उपसमूहको सूचक ओरालो लाग्यो। म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक सर्वाधिक २.१६ प्रतिशतले बढ्यो भने हाइड्रोपावर, ट्रेडिङ र अन्य समुहको उपसुचक १ प्रतिशत बढीले उकालो लाग्यो । 

फाइनान्स, लाईफ इन्स्युरेन्स र म्युच्युअल फण्ड समुहको उपसुचक सामान्य उकालो लाग्दा बैंकिङ बाहेक बाँकी समुहको उपसुचक सामान्य ओरालो लाग्यो । बैंकिङ समुहको उपसुचक भने १ प्रतिशत बढिले घट्यो । 

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सको आज ३६ करोड बढीको शेयर कारोबार भयो। त्यस्तै, शिवम् सिमेन्टको ३४ करोड बढीको शेयर कारोबार भयो।