भक्तपुर:आफ्नो आमालाइ कुटपिट गरि हत्या गर्ने छोरालाइ प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्ने 
बर्ष २४ का किरण चौधरी रहेका छन।

जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोक स्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
शुक्रबार साँझ करिब पौने आठ बजे उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए । 

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका  प्रबक्ता प्रकाश जबेगुले जानकारी दिनु भयो।