काठमाडौ:लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयको  बिराटनगरको टोलिले  कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भूक्तान गरेका मानिस लागु औषध खैरो हेरोईन २७१ ग्राम सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. ३ ठेगाना भएका बर्ष ४२ को बिष्णु धामी।
जिल्ला सुनसरी बराहक्षेत्र न.पा ३ ठेगाना भएका बर्ष ३६ को रुद्र बहादुर सुवेदी
जिल्ला सुनसरी रामधुनी न.पा. ६ ठेगाना भएका बर्ष ४८ बिजयराज धामी रहेका छन ।

प्रहरीले पक्राउ परेकाहरुसाथबाट लागु औषध खैरो हेरोईन २७१ ग्राम
 नगद रु २ लाख४५ हजार ८ सय र
डिजिटल तराजु ३ थान बरामद गरेको छ।

 लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट लामो समयको निग्रानी पश्चात भारतबाट लागु औषध खैरो हेरोईन ल्याई सुनसरी, धनकुटा, ईलाम, भोजपुर जिल्लाहरुमा लागु औषध विक्री वितरण गर्ने गिरोहका ब्यक्तिहरुलाई लागु औषध खैरो हेरोईन २७१ ग्राम सहित पक्राउ गरी सम्बन्धित प्रहरी कार्यालयहरुमा बुझाईएको लागु औषध नियन्त्रण ब्यूरोका प्रबक्ता दुर्गाराज रेग्मीले जानकारी दिनु भयो  ।

साथै थप अनुसन्धानको सिलसिलामा बिष्णु धामी कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भूक्तान गरी छुटेको रेकर्डबाट देखिन आएको ।

प्रतिवादीहरु बिष्णु धामी र रुद्र बहादुर सुवेदीलाई ई.प्र.का. महेन्द्रनगर सुनसरी र प्रतिवादी बिजयराज धामीलाई ई.प्र.का पकली सुनसरीमा आवश्यक थप अनुसन्धानको लागि बुझाईएको  प्रबक्ता दुर्गाराज रेग्मीले बताउनु भयो।