काठमाडौं - आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा अडिएको छ।

आज ३५२ वटा स्क्रिप्सको ८३ लाख ७५ हजार  ४७१ कित्ता सेयर ३ अर्ब ६३ करोड ७५ लाख  ८९ हजार १० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ करोड ७८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोपान फर्मास्कूटिकल्स र अपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले २१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सले १८ करोडको सेयर कारोबार गर्दा बुंगल हाइड्रो पावरले १७ करोड ,सेन्ट्रल फाइनान्सले १६ करोड र आँखु खोला जलविद्युतले १५ करोड बराबरको कारोबार गरे।

कारोबारमा आएका स्टक्समध्ये १२६ वटाको मूल्य बढ्दा १३१ वटाको घट्यो।  बाँकी १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको घट्यो।

डेभलपमेन्ट बैंक,फाइनान्स,हाइड्रोपावर,इन्भेस्टमेन्ट र मुन एण्ड प्रो समूहबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।