राजसंस्था खतम नगरुञ्जेल नेपाललाई सिक्किम बनाउन सकिदैन भन्ने अभियानमा निरन्तर लागि परि नेपालका सबै राजनीतिक दलका मुख्य नेताहरुलाई आफ्नो तलबी एजेन्ट बनाउन सफल भएकै कारण भारतले राजा वीरेन्द्रको शान्ती क्षेत्र प्रस्तावलाई रद्दीको टोकरीमा फाल्न, मदन भण्डारीको रहष्यपूर्ण तरिकाले त्रिसुलीमा डुवाइ हत्या गर्न, राजा वीरेन्द्रको बंश बिनाश गर्न अनि तथाकथित माओवादी जनयुद्धलाई मलजल गरी नेपालको राजतन्त्रको जरा उखेल्न सफल भयो ।
हिजो सोभियतसंघ संग २० वर्षे सैनिक सम्झौता गरेको वलमा पाकिस्तानलाई टुक्राइ बाग्लादेश बनाउन, सिक्किमलाई भारतमा गाभ्न सफल भारत अब हिन्द प्रशान्त रणनीतिमा अमेरिकासँग साझेदारी गरी चीनलाई टुक्राउदै नेपाल, बाग्लादेश, पाकिस्तान र अफगानीस्तान सम्मलाई भारतमा गाभी अखण्ड भारत बनाउने सपना बोकेर हिडिरहेको छ ।
राजतन्त्रको अन्त्य गरेपछि अव एकएक गर्दै यहाँका स्थापित राजनीतिक दलहरुलाई वेकम्मा सावित गर्दै नेपाललाई असफल राष्ट्र बनाइ नेपाली जनतालाई नै भारतमा मिसिन बाध्यपार्ने रणनीति लिइ भारत अघि वढिरहेको छ । पहिले कांग्रेसलाई उचाल्यो, थचार्यो, अनि एमालेलाई उचाल्यो थचारियो, अनि माओवादीलाई उचाल्यो थचारियो गर्ने भारतीय गुप्तचर संस्था रअको ग्राण्ड डिजाइन भएकै कारण हरेक दललाई टुक्राटुक्रा पार्न भारत सफल रहेको छ । यो कुरा माओवादीका वैद्य र गजुरेल, एमालेका माधव, झलनाथ अनि भीम रावल र कांग्रेसका प्रकाश कोइरालाहरुलाई सोध्दा थाहा हुन्छ । सबै दलमा रअ हावी हुने कारणले गर्दानै पार्टीहरु विभाजन हुने अनि देशमा जुन ब्यवस्था ल्याएपनि राजनीतिक अस्थिरता कायम हुने परम्परा बस्यो ।
नेपालमा भारत कम्फर्ट सरकार वनाएपछि आफनो राजनीतिक अधोगति कहिल्यै हुदैन होला भनेर प्रचण्डले सोचेका थिए । अव पुनरमुसित भवेतको नियतिमा माधव, झलनाथ, भीम रावल, वैद्य, गजुरेल र विप्लव पछि प्रचण्डको पालो आएको छ । राष्ट्र र राष्ट्रियता प्रति आफुले गरेको गद्यारीको आत्मा आलोचना गर्दै यी रअबाट धोका खाएका नेताहरुले आफुलाई नसच्चाउने हो भने यिनीहरु त खाल्डामा परेपरे अव देश खाल्डोमा पर्ने छांट स्पष्ट हुदै आएको छ ।
भारतले एकातर्फ आफुलाई अमेरिकी खेमामा उभ्याएको छ भने रुससंगको सवन्धलाई पनि उतिनै महत्व दिइरहेको छ । मोदिको अहिलेको रुस भ्रमणले यहि कुरा इंगित गर्छ । यता भारत व्रिक्समा चीनसँग देखिन्छ अर्को तर्फ त्यहि भारतले ताइवानसंग आफ्नो औपचारिक कुटनीतिक सम्वन्ध शुरु मात्रै गरेको छैन धर्मशालामा तिब्बतको निर्वाशनको सरकार चलाउन दिइरहेको छ । कास्मिरको मुद्धा जनमत संग्रहबाट समाधान गरौ भन्छ संयुक्त राष्ट्र संघ, भारत मान्दैन, अमेरिकासंग गरेको आणविक सन्धिको कारण भारतले आफुलाई चीन वरावरीको आणविक शक्ति बनाउन सफल भइरहेको छ । शक्तिशाली राष्ट्रहरुसंग आफनो संवन्ध पनि नविगार्ने अनि कमजोर छिमेकी विरुद्ध विस्तारवादी शैलीमा प्रस्तुत हुने भारतीय कुटनीतिक रवैयालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमानै भण्डाफोर नगरी नहुने भएको छ । रअको मुख्य उद्देश्य भनेकै भारतलाई क्षेत्रिय र अन्तराष्ट्रिय स्तरमा बलियो बनाउदै यसका छिमेकीहरुको पत्तासाफ गर्ने हो । नेपालको पत्तासाफ गर्ने रअको योजना यसप्रकार छ ः
१) नेपाललाई भारतीय आयातमा परनिर्भर वनाउने ।
२) नेपालको रक्षा र परराष्ट्र मामिला लगायत राज्यसंयन्त्र, राजनीतिक दल, निजामती, प्रहरी अनि सेनालाई आफ्नो पकडमा राख्ने ।
३) नेपालका सीमा निरन्तर रुपमा अतिक्रमण गरी नेपालको प्रादेशिक अखण्डतालाई खुम्चाउदै लाने ।
४) भारतीय फिल्म, इण्डियन आइडल, भारतीय वावाहरुको प्रभाव आम नेपाली जनमानसमा पारी अन्तराष्ट्रिय स्तरमा नै भारत र नेपाल दुइ वेग्लै राष्ट्र होइनन भन्ने भ्रम सिर्जना गराउने ।
५) भारत वाहेक अरु कुनै देशको सहयोगलाई नेपाल भित्रन नदिने । भित्रन दिए पनि त्यसको कारण खडा भएको संरचनाको सदुपयोग हुन नदिने । उदाहरण भैरहवा र पोखरा विमानस्थल संचालनमा भारतले पुराएको वाधा, भारत वाहेक अन्यदेशको सहयोगबाट उत्पादित विजुली नकिन्ने ब्यवहार, नक्कली लुम्विनीको उत्पत्ती, बंगालको खाडीसम्म विना रोकटोक आवत जावत गर्न पाउने भूपरिवेष्ठित नेपालको अन्तराष्ट्रिय अधिकार कुण्ठित गर्ने ।
६) नेपालका निर्यात योग्य सिमेन्ट, खानेतेल, चिया, अदुवा लगायतका अन्य वस्तुहरु भारतीय वजारमा प्रवेशमा अनाहक कडाइ गरी नेपाललाई उत्पादनमा आत्म निर्भर हुन नदिने ।
७) भारतमै उपभोग नुहने विषादी खाद्य, तरकारी फलफुल, औषधी जन्य वस्तुहरु नेपाल पठाई नेपालको जनस्वास्थ्यको स्थिति तहस नहस गर्ने ।
८) ठूलो संख्यामा भारतीय जनसंख्यालाई नेपालमा हुली, नेपाली नागरिकता लिन लगाई आफ्नो वहुमत स्थापित गरी नेपाल हडप्ने जानसाख्यिक अतिक्रमण (Demographic Invasion) सम्पन्न गर्ने ।
९) भारतले जे गर्दा पनि त्यस्को विरोध नेपालमा नहोस भनेर नेपालमा रहेका सबै राजनीतिक दलका नेताहरुलाई रअको नियमित तलवी एजेन्टको रुपमा नियुक्त गरी भारतीय राष्ट्रिय स्वार्थको जगेर्ना हुने गरी कार्य गर्न लगाउने ।
अव यस्ता भारतीय प्रवृत्ति विरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति परिचालन गर्ने वेला आएको छ यदि नेपाल भन्ने प्राचीन देशको भौगोलिक अखण्डताको रक्षा गर्ने हो भने । सबै आफुहरुलाई राष्ट्रवादी भन्नेहरुको ध्यान त्यता तर्फ जाओस । नेपाल सिध्याउने ‘रअ’ को योजना कामयावी हुदै छ । सावधान ।।।
0 comment