अयोध्या र राम जन्मभूमिबारे इन्डियामै ठुलो विरोध छ । ठुल्ठुला झपड र दंगा भयो धेरै मानिसहरु मारिय पछि राम जन्म भूमिबारे अदालतमा मुदा पर्यो ।
इन्डियाको उच अदालतले आफ्नो फैसलामा भन्छ अयोध्यामा राम जन्मिएको भन्ने सिद्ध हुदैन तर हिन्दुहरुको आस्थाको केन्द्र राम मन्दिर भएको कुरामा दुई मत छैन भनेर किलिएर फैसला गरेको छ ।
फैसलामा राम मन्दिर र मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिदको बारेमा अदालतले कुनै तथ्या प्रमाणको आधारमा नभई विवाद मिलाउने बिचको बाटो लिएर विवादास्पद भूमिको स्वामित्व राम मन्दिर र बाबरी मस्जित दुबैलाई भुमिको स्वामित्व भाग लगाएर विवाद सुल्झाएको विज्ञहरुले बताउँदै आएका छन्।
इन्डियाको सर्वोच्च अदालतले यसरि भूमिको स्वमित्व भाग लगाई भूमिको विवादबारे फैसला सुनाएपछि इन्डियाकै एक प्रख्यात व्यक्ति इतिहासकार डिएन झाले अदालतको फैसलाप्रति असहमति राख्दै उनले भनेका थिए । यो फैसला ‘हिन्दूहरुको आस्थालाई महत्व दिइएर फैसला गरिएको भन्दै बिरोध गर्दै आइरहेका छन् ।
उता इन्डियनको पुरातत्व सर्वेक्षणले समेत गलत भूमिका निर्वाह गरेको प्रोफेसर झाको भनाइ थियो । ‘बाबरी मस्जिद ध्वस्त पारे पछि पुरातत्व सर्वेक्षणको टोलीले उत्खनन् गर्दा पनि पूर्वाग्रही साथ काम गरेको झाको आरोप छ । ‘उनीहरुले भएका प्रमाणलाई दबाए, कुनै ठाउँमा उत्खनन् गर्दा वैज्ञानिक तथा पुरातत्वको आफ्नै मूल्य, मान्यतालाई आधार मानिन्छ ,तर अयोध्याको मामिलामा त्यो भएन । सबैलाई थाहा छ अहिले भारतले जुन मन्दिरलाई राजा रामको दरबार मान्दछ उता मुस्लिमहरु त्यसलाई बाबरी मस्जिद मान्दछन् । उनीहरु त्यहाँ कुनै हिन्दु मन्दिर नभएको दावी गर्दछन् । उच अदालतले फैसला गरेपनि उक्त स्थान अझैपनि विवाद छ । यता नेपालमा राम जन्मिएको आधार र अवशेषर पुष्टि गर्ने प्रसस्त निर्विवाद प्रमाणहरु छन् । त्यसैको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसै बिषयलाई उल्लेख गर्न खोजेको जस्तो लाग्छ ।
दुर्भाग्या कुनै अध्ययन बिना ओलीको भनाइलाई बिरोध गरिन्छ। नत्र बिरोध गर्न भन्दा चितुवनको माडी नगरपालिकाको अयोध्या नगरी स्थित स्थानको तथ्यहरु खोजि हुनु पर्ने हो। चितुवनमा भरतपुर किन भनियो ? राम नगर किन भनियो ? बाल्मिकी को हुन् खोजि गर्नु पर्ने हो बाल्मिकी आश्रमको नाम किन राखियो ? बिस्रामपुर किन भनेको खोजि गर्नु पर्ने हो। बसिष्ट ऋषिको अस्राम देबघाटमा किन भयो ? अयोध्यापुरी नाम किन राखियो खोजि नगर्ने अनि प्रधान मन्त्रीको भनाइलाई लिएर तथानाम गालि गर्ने ? यो त अति भएन र ?
0 comment