यस कारण भारत नामक देश छैन र होइन पनि। बर्तमान इन्डिया ब्रिटिस द्वारा निर्मित भर्खर ७४ बर्ष पुगेको नँया देश हो।
धेरै मानिसको बुझाइ छ १९४७ अगस्ट १४ मा ब्रिटिसबाट स्वतन्त्रता हासिल गरेसँगै इन्डियाबाट अलग भएर पाकिस्तान स्थापना भयो । भोलिपल्ट, इन्डियाले पनि स्वतन्त्रता घोषणा गर्यो । त्यसैले पाकिस्तानले १४ र इन्डियाले १५ अगस्टमा स्वतन्त्रता दिवस मनाउँछन् ।
तर वास्तविकता त्यस्तो होइन १४ अगष्टमा पाकिस्तान नँया देश बनेको हो स्वतन्त्र भएको होइन। त्यस्तै १५ अगस्टमा इन्डिया पाकिस्तान भन्दा १ दिन कान्छो अर्को देश बनेको हो स्वतन्त्र भएको होइन। इन्डिया भर्खर ७४ बर्षमा हिड्दै छ। यस पछि क्रमस श्रीलंका ,माल्दिप्स, बर्मा, आदि बनेको छन्।
इतिहासलाई हेर्ने हो भने एसियामा मात्र होइन बिस्वमानै प्राचिन देशहरु मद्धे नेपाल एक हो। दक्षिण एसियाको जेठो देश नेपाल हो माइलो देश पाकिस्तान हो भने इन्डिया साइलो देश हो। यस्तो वास्तविकता हुँदा हुँदै कसरि इन्डियाबाट पाकिस्तान छुटेको हुन् सक्छ ? इन्डियन हरुले भन्ने गरेको इन्डियाबाट पाकिस्तान छुटेको नभई नयाँ देश बनेको हो। सन् १९४७ भन्दा पहिले कहिले र कुन स्थानमा थियो त् भारत ? पाकिस्तान काँहा थियो ?
ब्रिटिशको आगमन पहिला बर्तमान इन्डियामा भित्र सानो ठुलो गरि झन्डै ५५८ राज्याहरु थिय। यी राज्याहरु मद्धे कुनै राज्याको नाम भारत थियन। साँचो इतिहास यस्तो हुदा हुँदै भारत स्वतन्त्र भएको भनेर जसरि कहानी बनाइएको छ त्यो सरा सर झुट हो। यो बर्तमान इन्डियाको आफैले आफुलाई भारत नामक धेरै पुरानी देश भन्ने झुट स्थापित गर्ने कुटिल चाल हो। दक्षिण एसियामा पुराना देशहरु थिय जुन अंग्रेजले सिध्यायो। अंग्रेजले निमोठ्न बाँकि रकेहो देशहरुलाई इन्डिया जन्मे पछि एक एक गरि हत्या गर्यो र पुराना इतिहास सस्कृति बोकेका तमाम मुलुक इन्डियाको कारण नामेट भय।
जवाहरलाल नेहरुको आगमन पछि भारत बर्षको कहानी बनेको छ। यस्तो झुटको कहानी बनेको बल्ल ७० बर्ष पार भयो। भने आजकल जसरि धार्मिक ग्रन्थमा षडयन्त्र पुर्बक भारत बर्ष भन्ने सब्द राखियको छ त्यो भन्दा झुट संसारमा काँही छैन। आम इन्डियन यस्तो झुटलाई बोकेर हिडिरहेको छन्। नबोकुन पनि किन ? इन्डियनहरुको झुटको त् कुरै छाडौ किनकी उनीहरु झुट्मा रमाउछन त्यसै झूटमा नै उनीहरुको सत्ता स्वार्थ पूर्ति हुन्छ। तर नेपाल लगायत अन्या मुलुकहरु त्यो झुट्मा किन बहकिञ्छन ? साँचो के हो पुस्टि गर्न किन डराउछन् ? कस्को स्वार्थमा यस्तो भैरहेको छ ? कि जसै बाजे तसै स्वाहा हो त् ?
भारत होइन ७४ बर्ष पहिले इन्डियाको जन्म भएको थियो । पछि जवाहरलाल नेहरुले भारत बनाए।
इन्डिया र पाकिस्तानको इतिहास जान्न १८ जुलाई १९४७ मा ब्रिटिस संसदबाट पाकिस्तान र इन्डिया नाम गरेका २ ब्रिटिस डोमिनेट नँया देश बन्ने छन् भनि ब्रिटिस संसदबाट पारित गरिएको छ। यसरि ब्रिटिस साम्सदहरुले आफ्नो संसदबाट दक्षिण एसियामा पाकिस्तान र इन्डिया नामको देश बनाउने निर्णय भए बमोजिम त्यसको झन्डै महिना पछि १४ अगष्टमा पाकिस्तान र भोलि पल्ट १५ अगष्टमा इन्डिया देश बनेको घोषणा गरेको थियो, त्यसै घोषणा अन्तर्गत इन्डिया र पाकिस्तान बनेको हो। भने भारत कति पुरानो देश हो ? सत्यताको खोजि नगर्ने ?
यो बर्ष मात्र ७४ बर्ष पुगेको इन्डिया सबैलाई थाहा छ फेरी भारतकोबर्षको भ्रमबाट हुनु पर्दैन ? अस्ति १५ अगष्टमा भारतले आफ्नो कथित स्वतन्त्र दिवस मनायो त्यसै दिन नेपालका ठुला मिडिया हाउसले पैसाको लागि स्वतन्त्र दिवसको बिज्ञापन गरे कुनै मिडियाले भारत कहिले कसरि स्वतन्त्र भयो खोजेनन यो हो नि त् पैसा र पावरको कामाल। त्यसैले दक्षिण एसियामा कहिले नभएको भारत बर्षको भ्रम बाट मुक्त बनौ इतिहासको सत्यता खोजि गरौ जे हो त्यो सत्यता स्विकारौ यसैमा नेपाल लगायत अन्या स-साना राज्यहरुको हित हुने छ।
0 comment