काठमाडौं - सप्तकोशीमा पानीको बहाब निरन्तर बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएका छन्। 

आज बिहानदेखि सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्न थालेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। 

पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब शनिबारदेखि बढेको हो। 

आइतबार साडे १० बजेसम्म सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ७० हजार १५० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिएका छन्। सप्तकोशी नदिमा प्रति सेकेन्ड एकलाक ५० हजार क्युसेक पानीको बहाब पुगेपछि खतरा मानिन्छ। 

कोशी ब्यारेजका सबै ढोका खोलिएपछि आसपासका क्षेत्रमा खतरा टरेको पनि एसपी रेग्मीले बताए। उनले सप्तकोशीमा पानीको बहाब बढेकाले कोसीमा दाउरा खोज्न, माछा मार्न र डुङ्गा चलाउन रोक लगाइएको बताए। 
 
सप्तकोशीको बाडिबाट हुने क्षतिलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सप्तकोशी आसपास्का क्षेत्रमा परिचालन गरि स्थानियलाइ सत्रक हुन आग्रह गरिएको पनि एसपी रेग्मीले बताएका छन्। 

भारतको नियन्त्रणमा रहेको सप्तकोशीमा पानीको बहाब निरन्तर बढेपछि सुनसरी प्रहरीको आग्रहमा भारत पक्षले ब्यारेजका सबै ढोका खोलेको हो।