काठमाडौं ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित ग्राम शिक्षा मन्दिर माध्यामिक विध्यालयको ६९ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सांसद गगन थापाले आफ्नो चुनावी क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई अब्बल बनाउने गुणस्तरीयता कायम गर्ने प्राविधिक धारतर्फ विद्यालयमै शिक्षासहितको सिप उत्पादनका लागि आफू लागि परेको कुरा बताउनु भयो । आफू पनि शिक्षक क्षेत्रबाट नै राजनीतिमा आएको अध्यापन गराउने अनुभव आफूमा भएको हुनाले पनि सामुदायिक विद्यालयको विकासमा आफ्नो जहिले पनि चासो रहने कुरा पनि बताउनु भयो । ग्राम शिक्षा मा वि आज यो अवस्थामा आइपुग्नुमा समुदाय, व्यवस्थापकीय पक्ष अभिभावक स्थानीय सरकारको सबैको प्रभावकारी भूमिका रहेको कुरा पनि सांसद थापाले बताउनु भयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि दलगत रुपमा कसैले पनि एकअर्कालाई खन्डीकरण गर्न नहुने उहाँको तर्क थियो । सबैको प्रभावकारी जिम्मेवारी भएर नै आज ग्राम शिक्षा मावि ग्राम शिक्षा बन्न सफल भएकोमा आफूलाई निकै गौरव लाग्ने उहाँको कथन थियो ।
कार्यक्रममा विध्यालयका प्रधानानध्यापक रुद्र कोइरालाले आफू यो विद्यालयको प्र अ भएपछि २ सय हाराहारी रहेका विध्यार्थीको संख्या बढाएर आज एक हजार जना विध्यार्थी बनाएको कुरा बताउनु भयो । विभिन्न दाताहरुको विश्वास विद्यालयमा आफूलाई सहयोग गर्ने टिम र स्थानीय तहको साथ र सहयोगले आज ग्राम शिक्षा मावि समुदायले चिन्ने विद्यालयको रुपमा रहेको बताउनु भयो । विद्यालयको आर्थिक पक्षको सवाललाई प्रस्तुत गर्ने क्रममा प्रअ कोइरालाले करिब १ करोड भन्दा बढी रकम विद्यालयको खातामा जम्मा गर्न सकिएको र सो रकमले विद्यालयको आन्तरिक व्यवस्थापन गर्न सहज भएको कुरा पनि बताउनु भयो । सामुदायिक विद्यालयमा पढाइ राम्रो हुदैन सामुदायिक विद्यालयका शिक्षकले राजनीति गर्छन भन्ने आम बुझाइलाई चिर्नका लागि पनि आफू विहान ६ वजेदेखि बेलुका ६ बजेसम्म विद्यालयकै काममा व्यस्त भएको कुरा पनि प्रअ कोइरालाले बताउनु भयो । सामुदायिक विद्यालयका सबै शिक्षक कर्मचारी सरकारी तहका सबै कर्मचारीहरुका छोराछोरी सबै सामुदायिक विद्यालयमा पढाउनु पर्ने तर्क प्रअ कोइरालाको थियो । आफ्ना छोराछोरी पनि ग्राम शिक्षा माविमै पढाइरहेको कुरा उल्लेख गर्दै सामुदायिक विद्यालयका सबै शिक्षक तथा प्रअहरुले यो अभियान सुरु गर्नुपर्ने उहाँको विचार थियो । ग्राम शिक्षा मावि गुणस्तरीय शिक्षाका लागि अब्बल बनिरहेको र प्राविधिक धारतर्फ पनि करिब एक हजार भन्दा बढी विद्यार्थीहरुले सेवा लिइसकेका र विशेषगरी खुल्ला विद्यालयको पठनपाठन पनि यही विद्यालयले गरिरहेको हुनाले स्थानीय समुदायलाई आफ्ना बालबालिका यही विद्यालयमा भर्ना गर्न विशेष अनुरोध पनि प्रअ कोइरालाले गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि नगरप्रमुख विठाराम अधिकारी वडा अध्यक्ष राजु अधिकारी शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, समाजसेवी तथा राजनीतिज्ञ विनोद चालिसे लगायतका व्यक्तित्वहरुले विद्यालयको प्रगतिका शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने निमुखा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषबाट छात्रवृत्ति समेत वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी अभिभावक समाजसेवी विभिन्न निकायका प्रतिनिधि लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
0 comment