सरकारले सय रुपैयाको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेछ । राम्रो कुरा हो यदि यो यर्थाथमा आउछ भने । हिजो संविधान संसोधन गरी चुच्चे नक्शा राखियो तर दक्षिणको दवावमा चुच्चे नक्शा राखी वनाइएको लाखौ पाठ्य पुस्तक वितरणमा रोक लगाइ गोदाममा थन्काइयो । भोली नोट छापिए पछि राष्ट्रबैकमा थन्काउने कार्य नहोस । नत्र फेरी राष्ट्रवादी जनता छेउ नांगिनु पर्ला । चुच्चे नक्शालाई कार्यान्वयनमा ल्याउने हो भने नेपाल चीन सीमाको टिकरमा रहेको १ नंबरको पिलरको पश्चिममा शुन्य नंबरको पिलर राख्ने सहमति आफनो समकक्षी समक्ष प्रधानमंत्री प्रचण्डले आफनो चीन भ्रमणताका राखुन भनेर हामी विशाल नेपाल महाअभियानले प्रचण्डलाई अंग्रेजीमा एक पत्र लेखी त्यस्को वोधार्थ नेपालमा रहेको चिनिया दुतावास मार्फत चीन सरकारलाई दिएका थियौ । प्रचण्डले सो कार्य गरेनन भने हामी विशाल नेपाल मुक्ति सेना वनाई चीन, रुस, उत्तर कोरिया, पाकिस्तान र म्यान्मार सरकारहरुसंगको सहकार्यमा लिम्पियाधुराबाट भारतीय सैनिकलाई लखेट्ने र चिकेन नेक भनिने सिलगुडि करिडर कब्जा गर्ने जानकारी पनि चीन र नेपालका दुबै सरकारलाई दिएका थियौ । तर प्रचण्डको भ्रमणताका यस कुरा उठेन, त्यसैले हामी विशाल नेपाल मुक्ति सेना वनाउने कार्यमा अघि वढिरहेका छौ ।
सय रुपैयाको नोटमा चुच्चे नक्शा राख्ने नेपाल सरकारको निर्णय संगै भारतले कडा प्रतिक्रिया जनाएको छ । साच्चै सय रुपैया छापी प्रचलनमा आयो भने भारतले सीमा क्षेत्रमा यो नोटमा प्रतिवन्ध लगाउने मात्रै नभै पुन नेपालमाथि आर्थिक नाकावन्दी थोपर्न सक्छ । भारतले गर्ने भनेको अधिकतम त्यतिमात्रै हो । २०१७ साल देखि अहिले सम्म आउदा नेपालले धेरैपटक भारथीय आर्थिक नाकावन्दी खेपिसकेको छ र चीनले त्यस्को ब्यवहारिक प्रतिकार गरेकै कारण हरेक पटक भारतीय नाकावन्दी अन्तत असफल भएको छ । भारतको दादागिरीको कारण नेपालमा चीनको प्रभाव वढिरहेको भन्ने भारतीय विपक्षी दल र त्यहाको नागरिक अभियन्ताको दवावको कारणले गर्दा पनि भारतीय नाकावन्दीले वारंवार घुंडा टेक्नु परेको हो । यस्को साथै भारतका उत्तरी राज्य विहार, वंगाल र उत्तर प्रदेशको ब्यपार र ब्यवशायको ठूल्लो हिस्सा नेपालसंगको आयात निर्यात ब्यपारले लिएको र नेपाल माथिको आर्थिक नाकावन्दीको अशर जति नेपाललाई पर्छ आर्थिक रुपमा भारतलाइ पनि त्यतिकै पर्ने घाम जस्तै छर्लंग छ त्यसैको कारण पनि भारतले अव उप्रान्त आर्थिक नाकावन्दीको धमास नदिए हुन्छ । त्यस्ले केही नाप्दैन झन त्यसमाथि अव तातोपानी र रसुवागढि मात्रै नभै चीनसंगको कोराला नाका पनि छिट्टै खुल्दैछ, अरु नाकाहरु पनि खोलिने क्रम वढिरहेको र चीनको वन्दरगाह प्रयोग गरी नेपालले तेश्रो देशबाट आयात निर्यात गर्ने सक्ने गरी नेपाल चीन ब्यापार पारवहन संझौता भइसकी आयात निर्यात हुने कार्यको शुरुवात भैसकेको परिप्रेक्ष्यमा भारतको अव हुने नाकावन्दीहरुले नेपाललाई कुनै लछारपाट्टो लाग्दैन भन्ने कुरा भारतीय शाशक वर्गले राम्ररी बुझनु जरुरी छ ।
चुच्चे नक्शा सहितको सय रुपैयाको नोट छाप्ने कार्य संगै अव नेपालले टिंकरको पश्चिम महाकाली नदिको शिर लिम्पियाधुरामा नेपाल चीन संयुक्त सेना गई शुन्य नंबरको पिलर गाडनु पर्दछ । यसो गर्न सकेमा मात्रै भारतीय गुलामहरुलाई तह लगाउन सकिन्छ अन्यथा सस्तो लोकप्रियताको लागि मात्रै राष्ट्रवादी भइ टोपल्ने र ब्यवहारमा उत्रन पर्दा पुच्छर लुकाई भाग्ने हो भने त्यस्ता राजनीतिक दल र तिन्का नेताहरुलाई विशाल नेपाल मुक्ति सेनाले छानी छानी भाटे कारवाही गर्ने छ । राष्ट्रवादी भएर टोपलेको हो की साच्चै हो भनेर बुझ्न धेरै दिन कुर्न नपर्ला ।
0 comment