नेपाल सुन्दर छ, प्रकृतिले हराभरा शान्त छ र विशाल पनि । हामी नेपालीहरुको लागि महान र पवित्र पनि । बुद्धको देश नेपाल चन्द्र र सुर्य अंकित झण्डा नेपालले सगरमाथादेखि पहाडहुँदै तराई शान्तिको आवाज घन्काईरहेको छ । हाम्रा गण्डकी, कोशी, कणाली यही आवाज दिइरहेकाछन् । विश्वमा ठूला सानागरी आज सम्म १६ हजार भन्दा बढी युद्ध भैसके नेपाल भूमीले सन्तमाहात्माहरुको बैदिक शान्तीको सन्देश फैलाउदै आएको हो । जन्मको ज्ञान र अष्टावक्राहरुको महिमाले अझ बाल्मीकी, व्यास आदिका कुराले आर्य सभ्यतानै सुगन्धित छ । 

यसै संन्दर्भमा नेपाल विश्वशान्ती विकास समाज (२०७४) ले चन्द्रकान्त आचार्यको शान्ती र स्वतन्त्रता २०७८ कृतिले मेरो ध्यान आकर्षण ग¥यो । गोर्कीको युद्ध र शान्ति कृतिको मर्म त्यसमा मैले पाए, युद्धको उन्भन्ततामा विरोध । 

नेपोलीयनको सन् १८१२ को युद्ध आक्रमणको रुसी जनताले प्रतिकार गर्दै बहादुरीपुर्ण रुपमा त्यो विशाल सेना शक्तिशाली रक्तपिपासु नेपोलीयनलाई महान रुसी जनताले हराए । 

नेपोलीयन पलायन भएपछि रुसी सम्राट अलेकसान्द्रले युरोपमा लडाई गरी नेपोलियन र उनको सेनालाई पराजित गर्नु पर्छ भन्ने दृढधारणा राखे । तर त्यहाँको प्रधान सेनापती कुतुजोभ यसमा असहमत बने । फलत संम्राट सेनापतिको राय मान्न सहमत हुन पर्‍यो । आज विश्वका हरेक नेता साहित्यकार दार्शनिक चिन्तकले यसलाई सकारात्मक लिएकाले नै त्यो युद्ध र शान्ति कृती विश्व प्रसिद्ध भयो । हामीकहाँ एउटा भनाई छ, ‘जाई कटक नगर्नु, झिकी कटक गर्नु ।’

महान दुई विश्वयुद्धपछि राष्ट्रसंघ बनेको छ । यसले शान्तिको लागी विभिन्न कामहरु गर्न प्रयास गरिरहेको छ । विश्वमा शान्ति छाओस् । पृथ्वी प्राणीजगत, मानव जगत, सबै जोडिउन र विश्वले प्रगती गरोस् । शस्त्र अस्त्रको होडबाजी नहोस भनेर । लडाईमा कस्ले जितेको छ ? हारेको कस्ले ? सिकन्दर चङ्गेज खान आदि कस्ले जित्यो ? रावणका कारण लंका ध्वस्त भयो । दुर्याधन शकुनी र धुतराष्ट्रको कारण माहाभारत, माहासंग्राम अन्त्यमा यहुवंशीको लडाई कृष्णले पनि शान्तिसँग मर्न कहाँ पाएर । अर्जुनको त्यो पराक्रम कता हरायो .... कठै । मानव दानव नवनोस पशुपन्छी नबनोस्, दुंगापनि नहोस्, मानव मानव नै रहोस्, हाम्रा मात्र होइन विश्वका माहात्मा, सन्त महन्त चिन्तकहरुको आवाज हो । 

वर्वर जंगली शासन राक्षसीय शासन युद्ध उन्माद र विश्व खिचातानी शसास्त्रको होडबाजी यि कुराबाट टाढा रहन अनावश्यक युद्ध नहोस् । शाक्तिराष्ट्रहरुले यो वा त्यो निर्हमा अशान्तीको जग खडा नगरुन्, अशान्तिको बीउ नरोपुन् । अणु परामाणुको निर्माण, परिक्षण, विकृवितरण व्यापारीकरण नगरिकन विश्वमा शान्ति मैत्री सहभागिताको वातावरण बनोस् । मदउन्मत्त शासकको सामारिक उन्मादबाट पृथ्वी सुरक्षित रहोस् भन्ने उद्देश्यले करिब पाँच हजार बर्ष अगाडी बेदबाट निर्देशित शान्ति मुर्तरुपगर्ने क्रममा सबै पक्षले जागरुक हुनपर्ने पर्तमान आवश्यकता छ । 

हिरोसीमा, नागासाकीपछि आविष्कारक आइस्टाइनले भनेको सम्झन्छु सशास्त्रको होडबाजीले कसैले कहिल्यै जित्दैन सशास्त्र अणुपरामाणु उत्पादन बन्द गर यसै सन्दर्भमा विश्व प्रसिद्ध युद्ध र शान्तिलाई लेखक चन्द्रकान्त आचार्यको लेखनले युुद्धको खराबीलाई चित्रण गर्दै शान्तिको अवाज उठाएकोमा मुल लेखक गोर्कीसँग यिनलाई बधाई दिन्छु । प्रकाशकलाई त धन्यबाद छदै छ, अस्तु