काठमाडौं - आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर कोसी प्रदेश सभामा हंगामा भएको छ । पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले रोस्टमै पुगेर माइक भाँचेका छन्। माइक भाँचेपछि सभामुख विष्ट कड्किएका थिए।
बुधबार नीति तथा कार्यक्रममाथि संशोधन हाल्न नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले प्रदेश सभामा विरोध जनाए। उनीहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका छन्। नेकपाका सांसदले नियम मिचेको भन्दै प्रदेश सभामा उठेर अवरोध गरेका थिए।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले संशोधन प्रस्ताव हाल्नका लागि दिनु पर्ने समय नदिएको बताए। निक्कै बेरको रस्साकस्सीपछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।


0 comment