हाम्रो पृथ्वीको आकार पूर्ण रुपमा गोलाकार नभई सुन्तला आकारको अर्थात् तल र माथि अलिक चेप्टो छ । पृथ्वी सूर्यको वरिपरि घुम्नुको साथै आफ्नो कक्षमा पनि परिक्रमा गरिरहेको छ ।

पृथ्वी १ हजार माइल प्रति घण्टाको दरले आफ्नो कक्षमा घुमिरहेको छ र एकचोटि आफ्नो कक्षमा घुम्नलाई जम्मा २४ घण्टा लाग्छ । पृथ्वी सूर्यको परिक्रमा गर्दा अण्डाकार कक्षमा घुम्छ र परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वी सूर्यको नजिक आउँछ भने कुनै बेला सूर्यबाट टाढा जान्छ ।

पृथ्वी सूर्यको नजिक भएको बेला गर्मी ऋतु हुन्छ भने टाढा भएको बेला जाडो ऋतु हुन्छ । अब जहाँसम्म रात र दिन छोटो र लामोको सम्बन्धमा भने पृथ्वी आफ्नो कक्षमा vertical axis सित ११ डिग्रीको कोण बनाएर घुम्छ त्यही भएर कुनै समयमा सूर्यको प्रकाश पृथ्वीमा धेरै समयसम्म पर्दछ र दिन लामो हुन्छ भने कुनै सयममा सूर्यको प्रकाश पृथ्वीमा थोरै समयसम्म पर्दछ अनि दिन छोटो हुन्छ ।