डण्डीफोर युवा अवस्थाको प्रारम्भिक कालमा देखा पर्ने एक प्रकारको रोग हो ।
युवावस्थामै डण्डीफोर आउनुको मुख्य कारण हर्मोनको अत्याधिक उत्पादनले शरीरका विभिन्न तन्तुमा असन्तुलन ल्याइदिएको हुन्छ । फलस्वरुप त्यति बेला अनुहारका छालामुनि रहेका ग्रन्थीहरु पनि सक्रिय भैरहेका हुन्छन् । त्यस्ता सक्रिय ग्रन्थीहरुमा सजिलोसँग सङक्रमण हुन्छ र ग्रन्थीहरु पाकेर खटिराको रुप लिन्छ । जसलाई हामी डण्डीफोर भन्ने गर्दछौ ।
यस रोगबाट बच्न समय मै सन्तुलन स्थापित गर्न भिटामिन “ए” र “इ” को नियमित सेवन गर्न चिकित्सकहरु सल्लाह दिन्छन् । डण्डीफोरलाई हटाउन सकिने भनेर थुप्रै किसिमका विज्ञापनहरु देखिन्छन् तर ती त्यति प्रभावकारी नभएको पनि मानिसहरु बताउँदछन् ।
मानिसहरु यसको दाग मेटाउन प्लास्टिक सर्जरी पनि गर्दछन् । उमेर सँगसँगै त्यो हराएर पनि जान सक्छ ।
0 comment