हामीकहाँ समुद्र छैन, त्यसैले समुद्रको पानीबारे धेरैलाई थाहा नहुन सक्छ । समुद्रको पानी नुनिलो हुन्छ, यसैले समुद्रमा यात्रा गर्नेहरु पानीमै हिंडेता पनि पानी बोकेर हिंड्छन् । भुल्न नहुने कुरा के भने पानी समुद्रकै भएता पनि त्यो पानी बाफ भई उडेर, कतै पहाडमा ठोकिएर वा चिसिएर बर्षा भएर अनेक खोला नाला हुँदै समुद्रमा आईपुग्छ । यसरी आफ्नो लामो यात्राको क्रममा समुद्रमा आइपुगुन्जेल त्यस्तो पानीमा थुप्रै लवणहरु मिसिइसकेको हुन्छ, जसलाई हामी बोलीचालीको भाषामा नून भन्छौं ।
समुद्रको पानी वाष्पिकरण हुने क्रममा पानी मात्र बाफ बन्छ । लवणहरु भने समुद्रमै रहिरहन्छ । यो क्रम आजको हैन झण्डै पृथ्वी सृष्टि भएदेखिन् कै हो । यसैले यो करोडौं वर्ष पूरानो क्रम हो । अब अनुमान गरौं यतिका लामो बर्षमा कति धेरै नून समुद्रमा जम्मा भएको होला ।
0 comment