सिंहलाई जङ्गलको राजा भनिने चलन आजको होइन हजारौं बर्ष अगाडि देखिको हो । तर यसमा विचारणीय कुरा के छ भने सिंह पृथ्वीमा विद्यमान थलचर जनावरमा सबैभन्दा ठूलो होइन र बलियो पनि होइन । ब्लु व्हेलको मुखमा त्यो सजिलैसँग अटाउन सक्छन ।
सिंह, पाटे बाघ, चितुवा, चरीबाघ, वन बिरालो यी सबै बिरालो परिवारकै पनि कुरा गर्ने हो भने सिंहभन्दा पाटेबाघ बढी शक्तिशाली हुन्छ । तर भाले सिंहलाई प्रकृतिले नै आकर्षक र अलिकति रौद्र बनाइदिएको छ । भाले सिंहको टाउकोमा भएका लामा लामा रौंहरुले एकातिर सिंहको टाउको अपेक्षाकृत ठूलो देखिन्छ भने अर्को तिर जनावरहरुको सापेक्षामा ताज पहिरिए जस्तो आभास पनि हुन्छ । अनि सिंह गर्जन त हाम्रो समाजमा वीरता, साहस र आक्रमणको प्रतिकका रुपमा स्थापित नै छ ।
सिंहको गर्जन साँच्चिकै प्रभावोत्पादक हुन्छ र त्यो टाढासम्म सुनिन्छ । सिंहले आफ्नो वासस्थानको सीमाङ्कन गर्जन द्वारा पनि गर्छन् । अनि सिंहको जीवन एउटा राजाको जीवन जस्तै पनि हुन्छ । कारण, सिंह दिनमा बीस घण्टाका हाराहारीमा निदाउँछ र आहाराका लागि मात्र यसको विश्रामको निरन्तरता खल्बलिन्छ ।
अर्को शब्दमा भन्दा यो आहार लिन ब्यूँझिने गर्दछ । सिंह खाद्य श्रृंखला वा फुड चेनमा सबभन्दा माथि पनि पर्छ । त्यसैले पनि यसलाई “राजा” भनिएको होला । तर दुर्भाग्यबश प्रकृतिको यस्तो एउटा आभूषण नेपालमा भने पाईदैन ।
0 comment