हरि चौधरी,

काठमाडौं – विरगंज स्थित कृषि औजार कारखाना पुनः सञ्चालनको लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आफुले पाएको मेडल, आफ्नो जिवनी लेखिएको पुस्तक र अविष्कार केन्द्रलाई दानमा दिएको २८ रोपनी जग्गा विक्रीमा राखेका छन् । सरकारले कारखान चलाउनको लागि असहयोग गरेको भन्दै रकम जुटाउनकै लागि उनले उक्त कदम चालेका हुन् । सरकारबाट सम्झौताअनुसार बजेट उपलब्ध नभएपछि उनले पहिलो प्रयासस्वरूप आफूले प्राप्त गरेका अन्तर्राष्ट्रिय मेडलहरु बिक्रीमा राखेका हुन्।

अध्यक्ष पुनले आफुले पाएको मेडलहरु २ हजार ५ सय डलर मूल्यको ‘राष्ट्रदीप पदक’ र ५ हजार डलर मूल्यको ‘युनिभर्सिटी अफ नेब्रास्का अनर ग्र्याजुएट अवार्ड’  ५ हजार डलर मूल्यको ‘डा. हर्क गुरुङ पर्वतीय पुरस्कार’ को मेडल, ७ हजार ५ सय डलर मूल्यको  ‘इन्टरनेट हल अफ फेम’  र १० हजार अमेरिकी डलर मूल्य रहेको ‘द म्यागासेसे’ पुरस्कारको मेडल विक्रीका लागि राखेका हुन् । तर, सरकारले राष्ट्रदीप पदक बिक्री गरे विभूषण रद्द हुने बताएपछि उनी विभूषण बिक्री गर्ने निर्णयबाट भने पछि हटेका छन्। विदेशबाट प्राप्त मेडल भने बिक्री गर्न पाइने भन्दै उनले खरिद गर्न आग्रह गरिरहेका छन्।

अध्यक्ष पुनले राष्ट्रिय अविष्कार केन्द्रलाई दान दिएको पोखरा बेगनास ताल स्थित ठूलाकोट डाँडामा रहेको जग्गा पनि बिक्रीमा रखेका छन् । २८ रोपनी क्षेत्रफल रहेको जग्गा कृषि औजार कारखाना संचालनको लागि बिक्रीमा राखेका हुन् ।  उनले २० बर्ष अघि उक्त जग्गा ३ करोड रुपैयामा खरिद गरेका थिए भने हाल त्यस जग्गाको चलनचल्तीको मूल्य १४ करोड पुगेको पुनले बताउँदै आएका छन् । 

अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नाममा कतिको रुपैयाँ फलामको रडसँगै खिया लागी रहेका छन् भने कति सिमेन्त, इटा र बालुवासँग मिसिया । देशबिदेशबाट करोडौंको चन्दा उठाइयो तर हातमा लाग्यो शुन्य । यदि उक्त रकम अविष्कार, अनुसन्धानको लागि खर्च गर्न सकेको भए महाविर पुन जस्तो नेपालमै केही गर्छु भन्नेको लागि ठूलो सहयोग हुने थियो कि ? यता तिर पनि ध्यान जान जारुरी रहेको छ । अध्यक्ष पुनले आफ्नो जिवनलाई नेपालको लागि समर्पण गर्नु भयो । यहाँले आफ्नो देशमा नै रोजगारी सृजना गर्नु पर्छ भन्दै दिनरात नभनी लागी रहनु भएको छ । देशका जनता खाडीमा, नेता भनाउदाहरुलाई चिल्ला गाडीमा, अनि कहाँ हुन्थ्यो र बिकास । लाज पचेकाहरु, भिख मागेरै भएपनि अथाह सम्पत्ति कमाए, जन्ताकै सम्पत्तिमा मौजमस्ती गर्छन् । इमान्दारले आफ्नो इज्जत बचाउनलाई सबैथोक गुमाइदिन्छन् ।  त्यसैले अवको सहयोग देश विकासको लागि ।