हरि चौधरी,
काठमाडौं – माटोको भाँडामा पानी कसरी चिसो हुन्छ भन्ने कुरा शुरु गर्नु अघि यसको वनावटलाई एकपल्ट ध्यान दिउँ । माटाका भाँडाहरु बनाउँदा कालो माटो र मसिनो बालुवा मिलाएर बनाइनछ भन्ने कुरा त हामी सबैलाई थाहै छ । यसरी तयार पारेको भाँडाहरुलाई घाममा सुकाइन्छ र यसपछि सिनचा नामक माटोले पोतिन्छ र आगोमा पोलिन्छ ।
यसरी बालुवा मिश्रित माटोबाट बनाएका भाँडा गाग्रोहरुमा असंख्य अदृष्य प्वालहरु हुनु स्वाभाविकै हो । ती प्वालहरुबाट भित्रको पानी बाहिर रसाइरहेको हुन्छ र बाहिरको तापक्रमले गाग्रोभित्रको पानीलाई कुनै असर पार्न दिदैन । यसको फलस्वरुप माटोमो गाग्रोमा राखेको पानी चिसोको चिसै रहन्छ ।
0 comment