हरि चौधरी,

काठमाडौ – मानिस न्यानो रगत भएको प्राणी हो । उसले माछा, भ्यागुता, सर्पले जस्तै बातावरण अनुसार आफ्नो शरिरिक तापक्रममा भिन्नता ल्याइ बाताबरणाकुलित बनाउन सक्दैन । चिसो अनुभव हुना साथ आफूमा भएको  शक्ति खर्च गरि न्यानो पार्दछ ।

जाडो हुँदा जब शरीर काँम्दछ, मांसपेशीहरु खुम्चिने र तन्किने गर्दछ । यस प्रकृयामा शक्तिको श्रोत ग्लुकोज टुक्रिएर कार्वनडाइ अक्साइड, पानी र ए.टी.पी (Adenosine Triphosphate) बन्दछ । ए.टी.पी एक प्रकारको उर्जा युक्त फस्फेट हो, जुन फेरी टुक्रिन्छ र उर्जा प्रदान गर्दछ । यो उर्जा तापको रुपमा शरीरबाट बाहिर जान्छ र न्यानो हुन्छ । यस कारण बढी जाडो हुँदा शरीर काँपेको हो ।