काठमाडौं – कुनै पनि बस्तु रङ्गीन हुनलाई उसले प्रकाशमा भएको सात रङ्गहरु मध्ये कनै एकलाई सोसेर लिनु र बाँकीलाई फालिदिनु पर्दछ । हिउँ एक ठोस बस्तु हो । हिउँ अथवा Snow किन सेतो देखियो त भने हिउँ भनेको वास्तवमा थुप्रै संख्यामा बरफहरुको मणिभ (Crystal) मिलेर बनेको बस्तु हो । मणिभमा थुप्रै सतहहरु हुन्छन् । ती सतहहरुले प्रकाशको किरणलाई परावर्तन गर्दा त्यो सेते देखिन्छ । जबकी पानी एक तरल पदार्थ हो, पानीले ती सात किरणहरु मध्ये कुनैलाई पनि सोसेर लिन सक्दैन यसैले पानी रङ्गहिन हुन्छ ।