हरि चौधरी,
काठमाडौं – फूलहरु रंगीन हुनुको कारण विरुवामा पाइने एक प्रकारको रंगीन कण (Pigment) ले गर्दा हो । जस्तो क्लोरोफिल अर्थात जसलाई हामी हरितकण भन्दछौं, यसले गर्दा विरुवाहरु हरिया रंगका हुन्छन् ।
त्यस्तै रंगीन कणहरुमा विभिन्न हुन्छन् जस्तैः क्यारोटिन, ज्यान्थोफिल, एन्थोसायनिन्, एन्थोजान्थिन्स इत्यादी । विरुवाहरुमा यी रंगीन कणहरुको बिभिन्न संयोजनले गर्दा तिनका फूलहरु रंगीचंगी हुन्छन् । यदि यस्ता कणहरु एउटै मात्र प्रकारको छ भने फूलहरु रंगीचंगी हुँदैनन् ।
0 comment