हरि चौधरी

काठमाडौं –  पृथ्वीमा भन्दा भन्द्र धरातलमा मानिसको उचाई केही मात्रामा बढ्छ । चन्द्रमामा टेक्ने दोस्रा अन्तरिक्ष यात्री माइकेल कोलिन्सको भनार्ई पनि यस्तै थियो । उनको एक लेखमा चन्द्रमामा उनीहरुले आफ्नो साविक उचाईमा झण्डै दुई इन्चजति बढेको अनुभव गरेको कुरा उल्लेख गरेका छन् । बास्तवमा यो कुरा चन्द्रमामा मात्र हैन अन्तरिक्षमै पनि हुने कुरा हो । यसको कारण हो गुरुत्वकर्षण । अन्तरिक्षमा गुरुत्वाकर्षण हुँदैन, चन्द्रमामा भए पनि कम्ता मात्र हुन्छ । पृथ्वीमा हाम्रो शरीर गुरुत्वकर्षणले गर्दा तानिएको हुन्छ । गुरुत्वाकर्षण नहुनासाथ त्यो फुक्छ । खासगरी यस्तो असर जब हाम्रो डँडाल्नुको कुप्रिएको हाडमा पर्दछ र स्वतः केही इन्चउचाई बढी हाल्छ । मानिसको शरीरमा यस्तो गुरुत्वबलको असर ठूलो हुन्छ ।

जस्तो अन्तरिक्षमा जाँदा त्यहाँ गुरुत्वकर्षण नहुने हुँदा शरीरभित्रको तरल पदार्थ द्रवहरु सबै टाउकोतिर सोहरिन थाल्दाछन् । यसले गर्दा टाउकोको भाग भन्नाले अनुहारका कोषहरुमा द्रव पदार्थ हुन्छ र ती फूल्न थाल्छन् । झट्ट हेर्दा सुन्निएको जस्तो पनि देखिन्छ । मायकेल कोलिन्सका अनुसार उनलाई अन्तरिक्षमा जाँदा आफूसँगैका साथीहरु नील आर्मस्ट्रङ्ग र बुज एल्ड्रिनको अनुहार एकदमै फरक भएको उनले देखेका थिए ।