हरि चौधरी,

काठमाडौं – बास्तवमा सबै मानिसहरु दिनभरी रोइरहेका हुन्छन् मतलब दिनभरी जस्तै हाम्रो आँखामा आँसु आइरहेको हुन्छ । हाम्रो हुवै आँखाको अलिकति मास्तिर अश्रुग्रन्थी हुन्छ र हरेक चोटी आँखा झिम्काउँदा परेलाले त्यहाँबाट तरल पदार्थ तानेको हुन्छ जसलाई हामी आँसु भन्दछौं । यसरी आएको आँसुको एउटै ध्येय हो आँखालाई भिजाई राख्नु वा आँखालाई खुख्खा हुन नदिनु । कुनै बाह्य बस्तु आँखामा पर्नासाथ हामी आँखा झिम्काउँछौं । यो पनि यहाँहरुलाई यादै होला । यसरी आँखा झिम्काउनुको कारण हो आँसु निकाली त्यस बाह्य बस्तुलाई चाँडो चाँडो पखालेर पठाउनु ।

अव थाहा पाऔं प्याज काट्दा के हुन्छ ? प्याजमा सल्फर मिसिएको रासायनिक पदार्थ हुन्छन् जस्तो मिथाइल डाइ सल्फाइड, प्रोपाइल सल्फाइड आदि । यी पदार्थहरुमा पिरो गन्ध र कडा स्वाद हुन्छ साथै ती उडेर पनि जान्छन् । प्याज काट्दा ती सल्फरयुक्त पदार्थहरु आँखामा पर्छ र विझाउने खालका हुन्छन् । यसले तिनलाई पखाल्न हाम्रो आँखाबाट आँसु बहन्छ ।