अलग अलग स्वादको लागि जिब्रोमा अलग अलग स्थान हुन्छन् । यस अनुसार जिब्रोमा सबैभन्दा अगाडी टुप्पामा गुलियो स्वाद, त्यसपछि नूनिलो अनि अमिलो र सबैभन्दा भित्र तीतो स्वादको स्थान रहेको हुन्छ  । अब प्रश्न उठ्छ हाम्रो जिब्रोमा स्वाद पाउन के कस्ता प्रतिक्रियाहरु हुन्छन ?

आफ्नो जिब्रोलाई एकपल्ट ऐनामा राम्रोसित हेर्नोसत जिब्रोको माथिल्लो सतह चिल्लो चिप्लो नभैकन खस्रो र मसिना मसिना दानाले भरिएको जस्तो देखिन्छ । यसको कारण हो जिब्रोमा असंख्य मात्रामा स्वाद मुना (Taste Bunds) हरु हुन्छन् । प्रत्येक स्वाद मुनाको टुप्पोमा स्वाद छिद्र (Taste Pore) हुन्छ । जब हामी खाना खान्छौं खाना थुकसित भिज्न थाल्छ र थुकसित घोलिएको  खानाको केही अंश यिनै स्वादछिद्र भित्र घुस्न पुग्दछन् ।

स्वादछिद्र भित्र एउटा स्वाद कोशा (Taste Cell) हुन्छ जसको सिधा सम्पर्क स्नायुसित रहेको हुन्छ । घोलिएको खानाले स्वाद कोशालाई सक्रिय तुल्याइदिन्छ र स्नायु नशाले उत्तिनैखेर स्वादको खबर मस्तिष्कमा पु¥याउछ । मस्तिष्कमा खबर पुगेपछि हामीलाई स्वादको अनुभूति हुन्छ यसप्रकार हामी खानाको स्वाद चाल पाउँदछौं ।