पृथ्वीलाई चारैतिरबाट हावै हावाले छोपिराखेको छ । यो हावा समुन्द्र सतहदेखि लगभग १ हजार किलोमिटर माथि सम्म फौलिएको अनुमान गरिएको छ । यसलाई हामी बायुमण्डल Atmosphere  भनेर भन्दछौं । तर चन्द्रमाको सतहमा बायुमण्डल छैन ।

बायुमण्डल भएकै ठाउँमा पनि हावा नचल्दा रुखका पातहरु, झण्डा, कपडा इत्यादि स्थिर भएको देखिन्छ । अथवा हावा नचल्दा ती चल्दैनन् भने बायुमण्डल नै नभएको ठाउँमा केही कुरा फरफराउन सक्छ त ? चन्द्रमामा पुग्ने अंतरिष यात्रुहरुले चन्द्र सतहमा भण्डा गाडेको अवस्य पनि हो तर झण्डा फरफराएको कुरा साँचो हुन सक्तैन ।