कुनै पनि बस्तुलाई पानीमा डुबाउँदा सो बस्तुबाट विस्थापित हुने पानीको तौल यदि उक्त बस्तुको तौलभन्दा बढी हुन जान्छ भने त्यो वस्तु पानीमा उत्रिन्छ र कम छ भने डुब्छ । मृत मान्छेको शरीर पनि पानीमा डुब्छ तर मानिस मरेको केही समयपछि वब शरीर सड्छ÷गल्न शुरु हुन्छ तब शरीरभित्र ग्यास उत्पन्न हुनाको कारणले गर्दा शरीर फुलेर आउँछ र उक्त शरीर पानी माथि उत्रिन्छ । मृत शरीर कति समयपछि पानीमा उत्रिन सक्ने हुन्छ भन्ने कुरालाई विभिन्न कारणले असर पार्छ । 

गर्मी ठाउँमा २४ घण्टा मै पनि मृत शरीर पानीमा उत्रेको पाइन्छ भने ठण्डा ठाउँमा १० दिनभन्दा पनि बढी समय लाग्न सक्छ । जमीनमा भन्दा पानीमा डुबेको शरीर बिस्तारै सड्ने हुँदा पानी माथि उत्रिन बढी समय लाग्छ । यस्तै मानिसको उमेर, लिंग, शरीरको अवस्था तथा वरीपरीको बाताबरणले पनि मृत शरीर पानीमा उत्रिने समयमा फरक पार्छ । सारांशमा भन्ने हो भने मृत मानिसको शरीर पानीमा तब मात्र तैरिन्छ जब उक्त शरीर सडेन÷गल्न शुरु भएर त्यसभित्र प्रशस्त मात्रामा ग्यास उत्पन्न भइ फुल्छ ।