हामीले खाने नुन खानी र समुद्रबाट उत्पादन गरिन्छ । खानीमा ठूला ठूला नुनका चट्टानलाई फोरेर नुन निकालिन्छ । कुनै कुनै ठाउँमा नुनका यस्ता चट्टान धेरै गहिराईमा हुन्छन् । त्यस्ता ठाउँमा पाइप गाडेर पानी पठाइन्छ र पानीले नुन पगाल्छ र पाइपबाट पग्लिएको नुन बाहिर झिकेर घाममा सुकाइन्छ घाममा सुकाउदा पानी जति सुक्छ र नुुन जति बाँकि रहन्छ । त्यस्तै गरी समुद्रको पानीमा पनि थुप्रै नुन घोलिएर रहेको हुन्छ ।

त्यसैले समुद्रको पानी खानै नहुने गरी नुनिलो हुन्छ । समुद्रको पानीबाट नुन निकाल्दा सबभन्दा पहिले समुद्री पानीलाई छेउ लगाएर ठूला चउर तथा फाँटहरुमा थुनिन्छ । यसरी केही दिनसम्म पानीलाई चउर तथा फाँटमा थुनेर राखेपछि घामले पानी वाफिएर जान्छ र नुनको तह जम्माम हुन्छ । यस प्रकार प्रत्येक दिन हजारौं हजार बोरा नुन जम्मा गरिन्छ ।