खुर्सानी पिरो हुनाको कारण यसमा पाइने क्याप्साइसिन (Capsaicin) भन्ने योगिकले गर्दा हो । क्यापसाइसिन खुर्सानीको फल भित्र पाइने एक प्रकारको ग्रन्थीमा रहेको हुन्छ । तर सबै खुर्सानी पिरो हुन्न । क्यालिफोर्निया वन्डर, यलो वन्डर भन्ने जातको खुर्सानीको स्वाद गुलियो हुन्छ । खुर्सानी पिरो भएता पनि धेरै मानिसहरु खानको स्वाद बढाउन खुर्सानीको प्रयोग गर्दछन् । संभवतः नुनपछि सबभन्दा बढी प्रयोग गरिने मसला खुर्सानी नै हो ।
मध्य युगसम्म युरोपतिर खुर्सानी असाध्यै महङ्गो पर्दथ्यो किनभने खुर्सानीलाई पूर्व अर्थात एशिया देखि बोकाएर लैजानु पर्दथ्यो । भारत आउने समुद्री बाटो पत्ता लागेपछि बल्ल सर्वसाधारण जनताले पनि प्रयोग गर्न सकिने मूल्यमा खुर्सानी पाइयो । अझपनि (तिब्बत) तर्फ खुर्सानीको निर्यात हुन्छ ।
0 comment