गाई र भैसीको घिउ मात्र नभै दुध पनि फरक हुन्छ । गाई र भैंसीको दुधको रङ्ग फरक हुनुको एउटा कारण यिनीहरुमा हुने चिल्लो पदार्थको मात्रामा फरक हुनु हो चिल्लो पदार्थको मात्रामा फरक हुनु हो । भैंसीको दुधमा ८.८ प्रतिशत चिल्लो पदार्थ हुन्छ जब कि गाईको दुधमा ४.१ प्रतिशत मात्र हुन्छ ।

गाईको दुधमा चिल्लो पदार्थको मात्रा कम हुने कारणले गर्दा यसलाई पचाउन सजिलो हुन्छ  भनिन्छ । गाईको दुधमा बी क्यारोटिन भन्ने प्राङ्गारिक यौगिक प्रशस्त मात्रामा हुन्छ । यो खासगरी हरियो घाँस, पात र मुला आदिमा पाइन्छ , बी क्यारोटिन भिटामिन ए को मुख्य श्रोत भने पनि हुन्छ ।

गाई र भैंसीको दुधमा उत्तिकै मात्रामा भिटामिन ए पाइन्छ तर फरक के छ भने भाईको दुधमा ६ माइक्रो ग्राम क्यारोटिन बढी हुनछ जुन शरीरको लागि फाइदाजनक मानिन्छ । गाईको दुध पहेँलो हुनुको दोस्रो कारण यो पनि हो । भैंसीको दुधमा बी क्यारोटिन हुँदैन तर क्याल्सियमको मात्रा भने बढी हुन्छ र यही कारणले गर्दा यसको रङ्ग सेतो देखिएको हो ।