काठमाडौं – जुम्ल्याहा भनेको दुई प्रकारको हुन्छ । एउटै निसेचित डिम्ब बिभाजन भएर जन्मेको जुम्ल्याहा र फरक फरक डिम्ब निसेचित डिम्बबाट जन्मेको जुम्ल्याहा । एउटै निसेचित डिम्बबाट जन्मेको जुम्ल्याहा हो भने एकै नासको हुन्छ अनुहार र जिउडालमात्र होइन तिनको चालामाला समेत एकै हुन्छ । तर यदि यसो हैन र अलग अलग डिम्ब निसेचित भएर जन्मेको जुम्ल्याहा हो भने तिनीहरु अग्लो, पुड्को गोरो कालो जे जस्तो पनि हुन सक्दछ ।
त्यतिमात्र हैन लिङ्ग पनि फरक अर्थात जुम्ल्याहा दाइ र बहिनी पनि हुन सक्छ । किनकी एउटै निसेचित डिम्ब विभाजन हँुदा बाबुबाट प्राप्त गुण र आमाबाट प्राप्त गुण बोक्ने बंशाणुहरु पनि समान रुपले बिभाजन हुन्छ तर यदि निसेचित भएको डिम्ब नै फरक छ भने यसो हुनु पूर्णतया अस्वाभाविक हुन जान्छ । जस्तो भनौं एउटै फलको दुइटुक्रा भने जस्तै हो ।
0 comment