काठमाडौं – बाहिरबाट हेर्दा दाँत एउटा सिङ्गो वस्तु भएता पनि वास्तवमा यसमा विभिन्न तहहरु हुन्छन् । दाँतको सबैभन्दा भित्र पल्म क्याभिटी, त्यसपछि बीचमा डेन्टाइन र सबैभन्दा बाहिर इनामेल हुन्छ । दाँत कुडिनुसित सम्बन्धित तह इनामेल हो अथवा दाँतको सबैभन्दा बाहिरको तह, जुन हामी देखिरहेका हुन्छौं । इनामेल सेतो, चिप्लो र कडा पनि हुन्छ । यसमा खासगरी क्याल्सियम र केही अरु खनीज पदार्थहरु पाइन्छन् । दाँतको इनामेल एमेलोबास्ट भन्ने एक बिशेष प्रकारको कोषहरुबाट निर्माण हुन्छ र यसको मुख्य काम डेन्टाइनलाई जोगाउनु हो । अमिलो खाँदा दाँतको इनामेललाई असर पुग्छ । भन्नुको तात्पर्य अमिलोमा भएको साइट्रिक एसिडले इनामेलको लेपलाई असर पु¥याइदिन्छ र यसैले गर्दा अमिलो खाँदा दाँत कडिन्छ ।