काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै छ भने यसैगरी राष्ट्रियसभाको बैठक ११ बजेर ११ मिनेटमा बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटमाथि छलफल सुरू हुने तयारी छ । यसअघि सोमबारबाट छलफल सुरू हुने भनिए प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको थिएन ।
यस्तै राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ ।
अर्थमन्त्री डा. महतले पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
0 comment