काठमाडौं – बढ्दो शहरकिरण व्यवस्थित गर्न सके विकासको एउटा आधार बन्नेछ । व्यावसायिक खेतीको लागि सयौं रोपनी जग्गाको आवश्यकता पर्दछ । शहरमा घर बनाई बसेर व्यावासायिक खेतीको कल्पना गर्नु सम्म त ठिकै हो व्यवाहारिक रुपमा भने त्यो संभव छैन । किचेन गार्डेन पनि ४ आना वा ८ आनासम्मको जग्गाको आवश्यकता पर्दछ । साह्रै सानो भन्दा सानो ठाँउहरु समेत व्यवस्थापन गरेर शहर बजारमा बस्नुपर्ने हुँनाले कौशी खेती अहिलेको शन्दर्भमा अत्यन्तै महत्वपूर्ण र उपयोगी देखिन्छ । 

यो शहर बजारमा बनाईएको आफ्नै घरको वरण्डा, ढलान माथिको खाली ठाँउ, गमला, प्लाष्टिक धोक्रो वा थैला, बाल्टिन, स्पोन्जवाला कार्टुन, बाँस वा काठबाट बनाईएको भाँडोमा गरिने फलफुल वा तरकारी खेतीलाई कौशी खेती भनिन्छ । यो मूलत घरायासी प्रयोजनका लागि नै गर्ने हो । यद्यपी बढी भएकोलाई विक्री गर्न पनि सकिन्छ । विशेष गरि गोलभेडा, भाण्टा, ब्रसेल्स स्प्राउट, खुर्सानी, काउली, बन्दा, डूागन फल, मुन्तला, स्टूबेरी लगायतका खेती गर्न सकिन्छ । यी बालीहरु कम माटो र थोरै ठाउँमा पनि राम्रोसंग खेती गर्न सकिन्छ । 

दैनिक रुपमा भान्सामा आवश्यक पर्ने धनियाँ, लसुन, प्याज, खुर्सानी, गोलभेडा जस्ताको खेती गरेर आर्थिक बचत गर्न पनी सकिन्छ भने आर्काे तर्फ सिर्जनशलिता, लगनशीलता, श्रमशीलता प्रयोग गरि घरमै हरियाली बनाई मनलाई समेत खुसी बनाउनमा ठुलो मद्दत मिल्छ । यसले धेर–थोर राष्ट्रिय आवश्यकता पूर्ति गर्नमा थोरै भएपनि महत्वपूर्ण स्थान राख्दछ । कौसी खेतीबाट दैनिक भान्साको समस्या समाधान हुनुका साथै तरकारी किन्न भौंतारिनुपर्ने अवस्था नहुने र तरकारीलाई तिर्नुपर्ने दोब्बर–तेब्बरजस्तो चर्को मूल्य तिर्नुपर्ने मारबाट पनि मुक्त हुन सकिन्छ। यसका साथै विषादीजन्य तरकारीको सेवनबाट समेत छुट्कारा पाउन सकिन्छ । कोरोना महामारीको जस्तो सङ्कटको समय उपयोग गरी आ–आफ्नो कौसी तथा करेसाबारीमा कौसी खेती गरी आम्दानी लिन सकिन्छ ।

हाम्रो देशको विभिन्न घना सहरी क्षेत्रमा कौसी खेती एउटा भरपर्दो विकल्प हो । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँजस्ता स्थलमा आफूलाई दैनिक रूपमा आवश्यक पर्ने बालीनाली जस्तै– तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्राङ्गारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल र मसलाजन्य उत्पादन नियमित भइरहन्छ । सागसब्जी, कोसेबाली, लहरेबाली, जरेबाली जस्तै– पालुङ्गो, चम्सुर, धनियाँ, मेथी, सुप, गाँजर, मुला, सिमी, बोडी, काउली, ब्रोकाउली, बन्दा, सलगम, आलु, गाँजर, घिरौँला, काँक्रो, फर्सी, लसुन, प्याजजस्ता तरकारीहरू वर्षैभरि लगाउन सकिन्छ ।

त्यस्तै फल–फूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपयोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै विषादीरहित ताजा सन्तुलित खाद्य सामग्री पनि प्राप्त गर्न सकिन्छ ।

कौसी खेतीले हरियाली ल्याउनुका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग गर्छ । यसका साथै घरको शोभा बढाउन समेत सजिलो हुन्छ । त्यस्तै सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । कौसी खेतीबाट उत्पादित ताजा तरकारीले दैनिक आहार सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दैनिक खानामा चाहिने पौष्टिक तत्वहरू जस्तै– कार्बोहाइडूेट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ । मानिसको शरीरलाई आवश्यक पर्ने प्रायः यी सबै तत्व प्रशस्त मात्रामा तरकारीमा पाइन्छ। तरकारीमा पाइने प्रशस्त रेसाहरूले पाचन क्रियामा मद्दत गर्छ । त्यसैले मानव स्वास्थ्यका लागि कौसी खेती महत्वपूर्ण छ ।

झयाट्ट हेर्दा यो सानो काम भएपनि यसले वृहत खाले कामको कल्पना गर्दछ । सर्वप्रथम नेपालमा हाल कार्यनवयनमा आएको ५८ वटा नगरपालीका र घोषित ७२ नगरपालकिामा कैशी खेती कार्यन्वयनमा ल्याउँन सकिंदा घर भित्रबाट निस्कने तरकारीको फालिएका फोहर, फलफूलका बोक्रा, चियाको छोक्रा, फालिएका भात लगायत कुहिने वस्तुहरुको घर भित्रै व्यवस्थापन हुनेछ । यसका साथैं गाउँ घरमा उत्पादित गाई, भैंसी, र बाख्राको मल शहर बजारमा राम्रो मुल्यमा बिक्री हुनेछ । यसका साथै बाँसबाट बन्ने भाँडो, काठबाट बन्ने भाँडो, गमला लागयतको उद्योगको समेत बिक्री वितरण तथा उत्पादनमा नयाँ सोच र सिर्जनाको विकास हुनेछ । 

उत्पादनको आवश्यकता

मुख्य रुपमा नेपालीहरुको भान्सामा नभई नहुने वस्तुहरु खुर्सानी, प्याज, लसुन, धनियाँ, बाँवरी, अदुवा र गोलभेडा जस्ता अनिवार्य वस्तुहरु हामलिे आफ्नै कौंशिमा फलाउन सकिन्छ । जस मध्ये भारतबाट आयात हुनेमा खुर्सानी र प्याज हो भने चाईनाबाट आयात हुने भनेको लसुन हो । यसलाई नेपाली जनताले बुझ्ने हो भने घरभित्रै उत्पादन गरेर पनि आयातलाई कम बनाउन सकिन्छ । 

बुढेसकाल र श्रम

अनेको नाम र बहानामा आफ्ना बृद्धाअवस्थामा आमाबुवालई शहर बजारमा राख्ने क्रम बढ्दो छ तर बृद्धा अवस्थामा निस्कृय बस्नुको अर्थ अनेकौं रोगको शिकार हुनु र थप आर्थिक क्षति हो भन्ने कुरा बुझ्नु पर्दछ । मुख्य रुपमा शारीरिक व्यायम गर्नु र दौडनु भन्दा यस्ता उत्पादनशील कार्यमा श्रम लगाउँदा डबल बोनस प्राप्त हुन्छ त्यो हो उत्पादन र श्रम । 

कौशमिा खेती गर्न सकिने केही बालीहरुको विवरण

यहाँ त्यस्ता बालहिरुको विवरण दिईएको छ, जुन घरको कौशमिा उत्साहापूर्वक खेती गर्न सकिन्छ । प्राविधिक समाधान सहितको यस विवरणबाट तपाईले पनी भरपुर फाईदा लिन सक्नु हुन्छ । कौशी खेती तुलानात्मक रुपले सजिलो खेती हो । यहाँ घरको कौशीमै गर्न सकिने त्यस्ता बालीहरुको विवरण प्रस्तुत गरिएको छ । 
१. धनियाँ, लसुन, प्याज, अदुवा, मुन्ताला, भाण्टा, गोलभेडा, मूला, भिडे खुर्सानी, बन्दा, अकबरे खुर्सानी, गाँजर, रातोरिया आदी ।