काठमाडौं – दाङमा भरुवा बन्दुकको छर्रा लागेर एक युवक गम्भिर घाइते भएका छन । 

यसरी घाइते हुनेमा घोराही उपमहानगरपालिका ११ का ३१ बर्षीय यमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

हिजो बिहान १० बजेतिर घर नजिकैको जंगलमा बाख्रा चराउन गएका विकको पेटमा गोली लागेको अवस्थामा फेला परेका थिए । 

प्रहरीका अनुसार जंगलमा बन्दुकको आवाज सुनेको र त्यसपछि आँफुलाई पेटमा गोली लागेको भन्दै घाइते यमबहादुरले आफ्ना दाजु सुशिल बिकलाई खबर गरेपछि उनको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलबाट एउटा भरुवा बन्दुक र पड्किएको खोका बरामद गरेको छ । यसबारे घाइते यमबहादुरका दाजु सुशिललाई प्रहरीले सोधपुछ गर्दा जंगलमा बरामद भएको बन्दुक आफ्नै घरको भएको बयान दिएका छन् । घाइते यमबहादुरले घरबाटै बन्दक लगेर जंगलमा बाख्रा चराउन गएको पनी बताइएको छ । 

बन्दुक कनि र कसरी पड्कीयो भन्ने सम्बन्धमा, यमबहादुर भिरमा हिड्ने क्रममा बन्दुकसहित लडेर छर्रा लागेको हुन सक्ने वा उनले आँफैले आँफैलाई गोली हानेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । 

घाइते यमबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेकोले यसवारे थप अनुसन्धान पछि हुने प्रहरीले जनाएको छ ।