काठमाडौं - रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पेश भएको रिट निवेदन दर्ता भएको छ।
तिनै तहको अदालतले दोषि ठहर गरेका र जन्म कैद सजाय भुक्तान गर्दैआएका टिकापुर घटनाका मुख्य दोषि भनिएका रेशम चौधरीलाई अदालतको फैसाल विरुद्ध मन्त्रीपरिषद बैठकले गणतन्त्र दिवसको अवसर पारी आममाफी दिएको हो । सरकारको उक्त निर्णय प्रती चौतर्फी विरोध भैरहेको छ ।
सरकारले गरेको उक्त निर्णयप्रती असन्तुष्टि जनाउँदै टिकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायत बोहराले आइतबार दिएको रिट निवेदलाई सर्वोच्चले दर्ता गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिटको पेशी बुधबारका लागि तोकिएको छ।
राज्यको न्ययालयले आफुलाई न्याय दिने विश्वास रहेको पिडित सारदा बोहरा बताउनु हुन्छ । यदि सर्वोच्च अदालतबाट पनि आफुले न्याय नपाएको खण्डमा अन्तरराष्ट्रीय अदालतसम्म पुग्न आफू पछि नहट्ने पिडित सारदा बोहराले बताउनु भयो ।
जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ।
0 comment