काठमाडौं - महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाखभन्दा बढी रकम लुटिएको छ।

मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका-२ मा रहेको शाखाबाट लुटपाट भएको हो।

हतियारधारीको समूहले रकम लुटपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

एसपी मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर फरार भएका हुन्। फरार भएकाहरूको खोजी भइरहेको उनले बताए।