काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारले सोमबार बजेट भाषणमार्फत सांसद विकास कोष भनेर चिनिने निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५/५ करोड छुट्याएको विषयलाई लिएर मेयर बालेनले वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्यु भन्दै व्यङ्ग्यात्मक रुपमा प्रश्न गरेका छन् ।
उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमप्रति व्यङ्ग्य गरेका हुन साथै सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी समेत गरका छन् । “सांसद विकास कोष” पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो मेयर बालेनले भनेकाछन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गरेको छ । एउटा आयोजनामा न्यूनतम १ करोड रूपैयाँ विनियोजन हुने गरी सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोट गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त सदनमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
१७ खर्ब खर्च गरेर सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । यस्तै मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राखिने सरकारको योजना छ । बजेटमार्फत सरकारले अधिकांश कार्यक्रमलाई निरन्तरता दिएको छ । सर्वाधिक चासोको विषय रहेको संसद् विकास कोष पुनः ब्युँताइएको छ, भने सामाजिक सुरक्षा भत्तातर्फ वृद्धभत्ता यथावत् राखिएको छ ।
0 comment