काठमाडौं - पोखराका नागरिक अभियान्ता, संरक्षणकर्मी र युवाहरु सिमसार जोगाउन प्रदर्शन गर्न थालेका छन् । ताल पुरेर घडेरी बन्ने क्रम तीब्र बढेकाले स्वस्फूर्त रुपमा युवाहरु सिमसार संरक्षणका लागि दबाब दिन सडकमा उत्रन थालेका हुन् ।
पोखरेली जेठोबुढो धानको पकेट क्षेत्र समेत रहेको फेवा फाँट यति बेला धमाधम पुरिएको छ । पहिला डुंगा घाट रहेको पामे नजिकै घाट समेत पुरेर अहिले घडेरी बनेको छ । यसरी पानीको घोल, दलदल, सिम क्षेत्र पुरिदा वर्षायाममा यस्ता घोल, सिमसार क्षेत्रमा फैलन माटो, गेग्रयान समेत सोझै बगेर तालमा पुग्दा ताल पुरिने क्रम तीब्र बनेको छ । वर्षायामको मुखमा ताल मुहानको सिमसार पुरिदा ठूलो पानी पर्दा आलो माटो तालमा पुगेर ताल पुरिने अवस्था रहेको छ ।
युवाहरु पोखराको फेवाताल किनार हल्लनचोकमा भेला भएर नो लेक नो लेकसाइड, तालको अस्तित्व मास्ने गरी फेवा सिमसार पुर्न पाइँदैन,ताल मास्नेलाई कारवाही गर लगायतका नारा लेखिएका प्लेकर्ड लिएर प्रदर्शनमा उत्रेका थिए ।
यसअघि वातावरण संरक्षणका लागि महाअभियन कास्की र नागरिक समाज कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटेर सिमसार पुर्ने काम तत्काल रोकेर फेवाताल संरक्षणका लागि पहल गर्न अनुरोध गरेका थिए ।
तालको मुहान क्षेत्रको डाँडा काटेर पोखरा १८, २२, २३ र २४ नम्बर वडामा पर्ने फेवा सिमसार पुरेर घडेरी बनाउने क्रम चलिरहेको भन्दै वातावरण संरक्षणका लागि मुख्य मन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाईएको थियो ।
0 comment