काठमाडौं - लागुऔषध नियन्त्रण ब्युरोको टोलिले लागुऔषध कारोबारी समुहलाई पक्राउ गरेको छ । 

टोलिले ३ सय १२ ग्राम ५ सय ४० मिलिग्राम खैरोहेरोइन सहित ६ जना पक्राउ गरेको छ भने ३ किलो ६ सय ग्राम चरेस सहित १ जना पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आज लागू औषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा जिल्ला बिर्तामोड ६ बस्ने वर्ष २७ का किरण कन्दङ्गवा, झापा बिर्तामोड ४ बस्ने वर्ष २८ का बिजय लिम्बू, सोही ठाउँका बिनोद लिम्बू, भारत पश्चिम बङ्गाल दार्जलिङ्ग जिल्ला सोनापिन्टी घर भएका वर्ष २२ का शिव घोष र वर्ष २६ कि स्यामली सोरेन रहेका छन ।

दुई भारतिय नागरिकलाई भारतबाट खैरो हेरोइन लिएर आउँदा झापा भद्रपुर नगरपालिका ८ सडक किनारबाट १ सय ९४ ग्राम दशमलब ५ सय ४४ मिलि ग्राम खैरो हेरोइन सहित ब्युरो टोलिले पक्राउ गरेको हो ।

यस्तो खैरो हेरोइन खपत नेपालमा हुने हुँदा भारतबाट नेपाल भित्र्याउने गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख गोबिन्द थपलियाले जानकारी दिनु भयो ।

ब्युरो प्रहरीले पक्राउ परेकाहरुको साथबाट लागु औषध सहित डिजिटल तराजु ३ थान र ७ लाख ४० हजार रुपैयाँ पनि बरामद गरेको छ ।

त्यसै गरि ब्युरोको टोलिले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का वर्ष ४२ का तेम्बा शेर्पालाई ३ किलो ६०० ग्राम चरेस सहित त्रिभुवन बिमानस्थलबाट थाइल्याण्ड जान लागेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु माथी लागुऔषध एन २०३३ बमोजिम म्याद थप गरि अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।