काठमाडौं - सरकारले विद्यालय क्षेत्र रुपान्तरण गर्नका लागी विश्व बैंकबाट १२० मिलियन अेमरिकी डलर सहुलियत ऋण लिने प्रस्ताव स्वीकृत गरेको छ।
अर्थ मन्त्रालयको सो प्रस्ताव सरकारले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै जापान सरकारबाट मानव संशाधन विकास लागि ४१ करोडको अनुदान स्वीकृत गरिएको उनले बताइन्। त्यस्तै शिक्षा क्षेत्रका लागि विश्वब्यापी साझेदारीबाट १९.७० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।
त्यस्तै सरकारले भन्सार महसुलसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।
त्यस्तै सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताइन्।
0 comment