काठमाडौं - सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भने,'उखुबालीलाई सरकारले उधारो बाली बनाइदिएको छ। किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइँको व्यवस्था गर्ने। उल्टै किसानले मिहिनेत गरी उखु उत्पादन गर्छ। त्यसलाई उधारोमा सरकारले लट्काइदिन्छ।
उनले भने,'पैंसा नभएर कसरी बाली लगाउने ? कसरी मल किन्ने ? त्यसैले तत्काल उखु किसानको समस्या समाधान गर्न सरकारसँग माग गदर्छु।'

0 comment