काठमाडौं - जापानको सेन्दाईमा भएको सडक दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।
जापानको कुहिरास्थित उत्तर-पूर्वी राजमार्गमा इन्जिनमा समस्या आएपछि बस रोकिएको थियो। राजमार्गमा रोकिएको बसलाई ट्रकले ठक्कर दिएको थियो। सो दुर्घटनामा दुई नेपाली विद्यार्थीसहित बस चालकको मृत्यु भएको छ। उनीहरूको नाम भने खुलेको छैन।
मंगलबार राति करिब ८:१० बजे तिर ट्रकले ठक्कर दिँदा बसमा ३९ जना नेपाली र एक बंगलादेशी विद्यार्थी बस बाहिर थिए। त्यहाँ भएका केही विद्यार्थी मियागीमा भाषा पढिरहेका र पार्ट टाइम काम गर्न इवाते प्रिफेक्चरतिर गइरहेका थिए।
बस ड्राइभर करिब ५० वर्षीय जापानी महिला थिइन्। ठक्कर दिने ट्रक ओमोरी प्रिफेक्चरको भएको र करिब ३० वर्षीय ड्राइभर पनि गम्भीर घाइते भएका छन्।
0 comment