काठमाडौं – डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक जना बालिकाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामी रहेको जोगबुढा अस्पतालले जनाएको छ । पखलाले सीकिस्त भएकी धामी उपचारको क्रममा मृत्यु भएको हो । 

उक्त गाउँमा थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन् । पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलले दिएको जनकारी अनुसार यस रोगबाट १० महिनादेखि ९० वर्ष उमेर सम्मका व्यक्तिलाई प्रभावित गरेको जनाएको छ । जनाएको छ ।