काठमाडौं - जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट एक लाख पचास हजार चेक र ५० हजार नगदसहित पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई विष्टलाई शुक्रबार नयाँ बानेश्वरको एक रेस्टुरेन्टबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन काठमाडौं आएको मौका छोपी अख्तियारको विशेष टोलीले विष्टलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
0 comment