काठमाडौं – कैलालीमा भन्सार देखि चटकपुर चौराहा क्षेत्रमा लगाइएका रेलिङहरू चोरी भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । सुरक्षाका लागि लगाइएको रेलिङ चोरी हुन थालेपछि सो कार्यालयले चिन्ता समेत व्यक्त गरेको छ । 

महानगरपालिकाले छ लेन सडकमा हरियाली र सौन्दर्यीकरणका मिडियामा रोपेको बोटबिरुवासमेत चोरी भई रहँदा, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा चोरी गर्न थालेपछि त्यस्ता कार्य गर्नेहरूको चारै तर्फबाट आलोचना भइरहेको छ ।

धनगढी उपमहानगरपालिकाले रेलिङ चोरी भइरहेको देखेमा धनगढी कार्यालयलाई जानकारी गराएर सहयोग गर्न नगर प्रमुख गोपाल हमालले आग्रह गर्नु भएको छ ।  घर, पसल अगाडिबाटै पनि रेलिङहरू चोरी भएका छन्, ६/७ स्थानबाट रेलिङ निकालेर लगिएको छ, त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लागेमा हद सम्मको कार्वाही हुने उहाँलो बताउनु भयो । 

छ लेन सडकको रेलिङ र बोटबिरुवा चोरी हुनबाट जोगाउनका लागि ठाउँ ठाउँमा सिसी टिभी क्यामेरा जडान गरी त्यस्ता कार्य गर्ने व्यक्तिलाई छिटो भन्दा छिटो पत्ता लगाउन नगरवासीले उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।