दाङको तुलसीपुरमा बोर्ड राख्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने, २ जना गम्भिर घाइते भएका छन । 

जापानिज भाषाको बोर्ड राख्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ, त्यस्तैगरीे २ जना घाइते भएका छन् । 

यसरी मृत्यु हुनेमा जापानिज भाषा पढाउने शिक्षक रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका –१२ निवासी २८ वर्षका महेश बिक रहेका छन भने त्यसैगरी करेन्ट लागेर घाइते हुनेमा सोही ठाउँका १६ वर्षका अर्जुन बिक र भुमे गाउँपालिका –४ निवासी १८ वर्षकी मनिता बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

तुलसीपुरको विद्युत कार्यालय नजिकै बेलुकी ५ बजे  पुरानो बोर्ड झिकेर नयाँ बोर्ड राख्ने क्रममा फलामले हाइटेन्सन लाइनमा छुँदा तीनैजनालाई करेन्ट लागेको थियो । 

घाइते मध्य महेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा साँझ साढे सात बजे मृत्यु भएको थियो । त्यसैगरी घाइते अर्जुन र मनितालाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।