काठमाडौं - दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँचजनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको छ ।
मंगलबारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन भएका यार्सा सङ्कलकमध्ये सातजनाको सशस्त्र प्रहरीले उद्दार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए ।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट झन्डै अढाइ किलोमिटर तल तीनजनाको शव भेटिएको जानकारी दिए ।
उनले शव भेटिएपनि पहिचान भने नखुलेको जानकारी दिए। अझै दुईजना बेपत्ता छ्न् । उनीहरूको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी किरन जोशिले बताइन् । अहिले पनि मुसलधारे पानी परेकोले उद्दार कार्यमा कठिन भएको उद्दारमा खटिएको टोलिले जानकारी दिएको छ।
शव जिल्ला सदरमुकाम ल्याउने तयारी भएपनि पानी परिरहेकाले समस्या भएको छ।
0 comment