काठमाडौं - तनहुँको बन्दीपुरमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका-१ बस्ने १२ वर्षीय आयुश भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती, ६९ वर्षीय सनबहादुर भुजेल रहेका छन्। तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
पृथ्वीराजमार्ग अन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधिखोला नजिकै अनियन्त्रित भई राजमार्ग छेउ रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोकिन्न पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ८ जना घाइते भएका थिए। घाइते हुनेमा सोही ठाउँका ६ वर्षीया आयुशा भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समिर भुजेल र ५ वर्षीय सन्तोष भुजेल रहेका छन्।
दुर्घटनापछि स्थानीयले चार घण्टा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द गराएका थिए।
0 comment