काठमाडौं - मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गरिने भएको छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न अध्यादेश, २०८० जारी गरेका छन् ।
यो अध्यादेशअनुसार मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न थप मद्दत पुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
0 comment